Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मुक्तककार सफल गोले तामाङका ५ चोटिला मुक्तकहरू

मुक्तककार सफल गोले तामाङका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, जेठ २०७६
images
मुक्तक - १ भत्काउँछु भन्छन् हाम्रै घरको गारो तिर्नुपर्नेछ कचकच गरेर पार्छन् साहुले अफ्ठ्यारो तिर्नुपर्नेछ भन्छिन् आमा पाँच हजार भए नि पठाई देऊ न बाबू तिमी परदेश जाँदा लिएको उधारो तिर्नुपर्नेछ । मुक्तक - २ अनिंदै छन् आँखाहरु लोलाउँछन् छोराछोरी सम्झिएर घरिघरि टोलाउँछन् छोराछोरी ए हजुर ! मिल्छ भने छिट्टै फर्की आउनू है सपनीमै "बाबा !" भनी बोलाउँछन् छोराछोरी । मुक्तक - ३ चेलिबेटी आफन्तजन मानी रहेकैछु जसोतसो घर व्यवहार धानी रहेकैछु परदेशमा कत्ति नि पिर नलिए है हजुर बा-आमालाई देवता समान ठानी रहेकैछु मुक्तक - ४ सिङ्गो घरमा मेरो मन रित्तो-रित्तो भा'छ छोरा अन्न छैन भाँडा वर्तन रित्तो-रित्तो भा' छ छोरा तिमी परदेश बुहारी नि शहर बस्न थालेपछि नाति खेल्ने हाम्रो आँगन रित्तो-रित्तो भा'छ छोरा मुक्तक - ५ न त रुनु म न हाँस्नु उल्का उठाएछन् लाश सम्झेर आगोको झुल्का उठाएछन् गरिबीले च्यापिएर बेहोस हुँदा मेरि आमा भलादमीले उनी मरेको मुचुल्का उठाएछन् । मन्थली न . पा. -१४, रामेछाप । (- सफल गोलेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २८, २०७६ मंगलवार - २१:३४:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend