Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार शारदा पौडेल पौडेल निशाका ५ चोटिला मुक्तकहरू

मुक्तककार शारदा पौडेल पौडेल निशाका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, जेठ २०७६
images
  मुक्तक -१ आफ्नै गाउँघरको बाटो छोडेर अनि खेतबारी र पाटो छोडेर जाँदैछु मुग्लान् मुटु दह्रो बनाई मातृभूमीको प्यारो माटो छोडेर । मुक्तक -२ किन मान्छ्यौ डर भन्नुहुन्छ हजुर साहस हिम्मत भर भन्नुहुन्छ हजुर सधैँ मेरो साथ तिम्रै लागि हुन्छ सुनौलो काम गर भन्नुहुन्छ हजुर । मुक्तक -३ गयौ भने छोडी धड्कन उहाँ भन्नुहुन्छ कसो गरी बुझ्ला यो मन उहाँ भन्नुहुन्छ सात समुन्द्र तरी तिमी परदेश जाँदाखेरी क्यारी बस्ला यता मदन उहाँ भन्नुहुन्छ । मुक्तक -४ तनमा थोत्रो चोली र घाँगर होस् फरक पर्दैन वेदनाको सागर होस् तर यौटै कुरा देऊ भगवान मलाई कहिल्यै किनार नलाग्ने जाँगर होस् । मुक्तक -५ तिमी आऊ भो गरे यहीँ छ खाने भन्नुहुन्छ ज्ञान, सीप, कलासँगै लाने भन्नुहुन्छ धन भन्दै मरिहत्ते गरे पनि आखिर को छ भन धनसँगै जाने भन्नुहुन्छ । चितवन । (- शारदा पौडेल पौडेल निशा का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २८, २०७६ मंगलवार - २१:३७:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend