Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार छिमेकी दाइका ५ चोटिला मुक्तकहरू

मुक्तककार छिमेकी दाइका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, जेठ २०७६
images
  मुक्तक -१ घुस्याहाको दाउ सधै पैसै पोको पार्नु हुन्छ अल्छीलाई सधैभरी भाका मात्रै सार्नु हुन्छ युरोप जाऊ या साउदी कतार जहाँ पनि हतार एउटै लक्ष्य परदेशीको नूनको गर्जो टार्नु हुन्छ । मुक्तक -२ जसरी सियोको धागोमा परीक्षा हुन्छ हुने बिरुवाको हाँगोमा परीक्षा हुन्छ मलाई फलामे दिल भएको भन्छ्यौ तिमी अकबरी सुनको त आगोमा परीक्षा हुन्छ मुक्तक -३ तिम्रै पिरले मार्छ होला पूरा जुनी जिउनै नपाई दोबाटैमा छुट्टिन्छौ की ऊध्रेको मन सिउनै नपाई आफ्नो यात्रा बगरको प्यास कहिल्यै नमेटिने काकाकुल झै हुने हो कि अघाउँजी पिउनै नपाइ मुक्तक -४ रात जब तिम्रा मेरा, तारा गन्दै जान थाले बिगत सबै अनायसै,,,ताजा बन्दै जान थाले जहिलेदेखि तिम्रो नाम जप्दै हिडेँ दोबाटोमा मान्छेहरू सबै मलाई पागल भन्दै जान थाले !! मुक्तक -५ मेरो लागि दैव पनि रिसाएको जस्तो देख्छु मेरै दु:ख उस्का लागि सबैभन्दा सस्तो देख्छु पीरै-पीरको भारी बोकी चलेकैथ्यो जिन्दगानी मृत्यु सामु आयो क्यारे सपना कस्तो-कस्तो देख्छु । (योगराज आचार्य) मोरङ्ग, उर्लाबारी हाल : बहराइन (- छिमेकी दाइका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २८, २०७६ मंगलवार - २१:४१:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend