मुक्तक -१
पाउँदैन भाउ किसानले, जति अनाज फलाए नि
उस्तै शोषित पिडित छन्, जति सामन्त ढलाए नि
पसिना एउटा बगाउँछ, फाइदा अरुले समाउँछ
व्यपारी नै फलिफाप छन्, जस्तै हैकम चलाए नि ।
मुक्तक -२
जस्ता योजना बने पनि, कहींं न कहीं छिद्र हुन्छ
हिउँदैभरी उपरखुट्टी, बर्खा लागेसी सिघ्र हुन्छ
काम देखिने बेलै यही, देखाउनेको खेलै यही
जेठ असार लागेपछि, विकासे गति तिब्र हुन्छ ।
मुक्तक -३
जमाना बित्यो मेलम्चीको, पानी खै राजधानी पुग्दैन
वियर ह्वीस्की सस्ता बरु, कोहीलाई कत्ति हानी पुग्दैन
खोला नदीले चल्दै गर्दा, आकाशे फल फल्दै गर्दा
कसरी बेच्छौ ए सरकार !, कतिको घर पानी पुग्दैन ।
मुक्तक -४
आफ्नो स्वार्थ बाहेक अरु, मतलब र चासो छैन
अरु रोऊन मरिरहुन, छुटेको आफ्नो हाँसो छैन
आफूलाई साँचिए पुग्छ, आफूमात्र बाँचिए पुग्छ
आफ्नो दुनो सोझियो भने, दुनियाँको गुनासो छैन
मुक्तक -५
देशकै निम्ति संघर्षमा, जसका छाती थापिएका छन्
तिनकै रगत पसिना चुसी, कहीं मार्बल छापिएका छन्
मुलुकै सारा फेर्छु भन्थे, तिम्लाई सधै हेर्छु भन्थे
हातै हेरून् फेरिया छैन, ठेलामा ठेला खापिएका छन् ।
- गोम बिक्रम
[email protected]
कल्लाबारी, पाल्पा ।
२०७६ जेठ २९