Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार बद्री उप्रेतीका चोटिला ५ मुक्तकहरू

मुक्तककार बद्री उप्रेतीका चोटिला ५ मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक -१ जीवनको सार हुन्छ बाँच्नुको नि आधार तत्व हुन्छ झन् जीवनभन्दा अझै ठूलो कसैमाथि अपनत्व हुन्छ यहाँ को कति बाँच्यो भनी लेखाजोखा गर्नुभन्दा कस्ले कसरी जियो जीवन त्यस्को ठूलो महत्व हुन्छ । मुक्तक -२ राम्रो गरौं सकेसम्म एउटा सुन्दर कर्म हुन्छ सबको मुटु उस् तैनै हो पीडामा जल्दा मर्म हुन्छ राम्रो बाटो रोज्नु पर्दा, आफैभित्र खोज्नु पर्दा हत्या-हिंसाभन्दा माथी, मानवताको धर्म हुन्छ ।। मुक्तक -३ हामी सबैलाई थाह नै छ मान्छे बिगार्ने कुरा हुन्छन् कसैका खल्तीमा कलम हुन्छन् कसैका छुरा हुन्छन् घाम छ कतै छायाँ कतै आखिर यही रै’छ जिन्दगानी कसैका इच्छा पुरा हुन्छन् कसैका अधुरा हुन्छन् ।। मुक्तक -४ जबरजस्ती मुटुभित्र पस्न चाहन्न म अरुको दिल रूवाएर बस्न चाहन्न म जीवनभर नमेटिने चोट लाग्छ भने तिम्रो नयनको आँसु बनी खस्न चाहन्न म ।। मुक्तक -५ माया लाग्दा गल्ती भए, जेल राखे राख जुवा खेल्छु तिम्रो लागि, खेल राखे राख कति मात्र डराउनु , भनिदिएँ सबका सामु तिम्रै अघि हात पाउ छन्, नेल राखे राख ।।   नयाँबजार-१६ काठमाणडौ (-बद्री उप्रेतीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १६:५४:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend