Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार साधना भण्डारीका ५ चोटिला मुक्तकहरू

मुक्तककार साधना भण्डारीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक -१ पढाइबिनाको जिन्दगी सोच्नै सक्दिन केही लेखुँ भन्छु शब्द खोज्नै सक्दिन के गरूँ खै अचेल दिमाग शून्य शून्य भयो लेख पढ्नको निम्ति समय रोज्नै सक्दिन !! मुक्तक -२ आँसुले बनेका खोलानाला सुक्छन् भन्ने डर लाग्छ माया भरेर हृदयमा राखेको मुटु लुक्छ्न् भन्ने डरलाग्छ साह्रै नै नाजुक हुँदोरहेछ मायाले बुनिएका जालहरू यहाँ चोखो प्रेम धनको लालचले चुक्छ्न् भन्ने डर लाग्छ । मुक्तक -३ जति सोच्यो जीवन त्यति नै घाउ चर्किदो रहेछ मुटुमा चोट लाग्दा दिनरात बल्झिदो रहेछ यस्तो जिन्दगी के जिन्दगी सबै यहाँ व्यर्थ भयो कोही नहुँदा दु:खमा मन त्यसै अल्झिँदो रहेछ । मुक्तक -४ कति निष्ठूरी रै'छौ तिमी किन माया मारेछौं छातीभित्र लुकाई राखेको मुटु अन्त सारेछौं सुन्दर सपना देखाएर तिमी कता हराएछौं जिन्दगीभर नमेटीने घाउ दिएर खोली तरेछौं ! मुक्तक -५ अचम्म सिउँदोमा सिंदुर कस्ले बनाए होला ? सिंदुरमा बाँधिन मजबुर कस्ले बनाए होला ? विवाहित सम्बन्ध नि धेरै टाढा भइ दिन्छ्न । बिडम्बना मान्छेलाई निष्टूर कस्ले बनाए होला ? भिमसेनगोला मार्ग काठमाडौं, नेपाल हाल : अरोरा कोलोराडो, अमेरिका । (-साधना भण्डारीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १६:५८:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend