Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार सुनिल अधिकारीका ५ चोटिला मुक्तकहरू

मुक्तककार सुनिल अधिकारीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक - १ पहिले आँखैबाट दुबैले त्यो मुटु साटे होलान् अब हेर्दिन उनलाई भनेर पनि ढाँटे होलान् देख्नु र हेर्नुमा पक्कै केही फरक त हुन्छ नै, नज़र न हो, बिनाखबर सीमाना काटे होलान् ! मुक्तक - २ च्यातेर टुक्रा-टुक्रा हावामा हुर्‍यायौ किन ? मेरो मुटु होइन यो आगोमा जलायौ किन ? फगत फोटो थियो लाश त होइन नि मेरो, खरानी लगेर बागमतीमा बगायौ किन ? मुक्तक - ३ राज्य जित्न पो हातमा बन्दूक तरवार चाहिन्छ मायालुको मन जित्न न दिन न बार चाहिन्छ न साइत जुराउनुपर्छ, न रुप/धन देखाउनुपर्छ केवल आँखामा समर्पण दिलमा प्यार चाहिन्छ ! मुक्तक - ४ सस्तो अनि तिरस्कृत नाममा नबिक्नू तिमी चेपारेहरूको ओठे सलाममा नबिक्नू तिमी गरी खाने तिम्रा दुई हातहरू छउन्जेलसम्म लालचको कुनै पनि दाममा नबिक्नू तिमी ! मुक्तक - ५ तिम्रो दिलमा बनाउनु छ घर, कोशिस जारी छ मनमा उत्रिन सरल कहाँ छ र, कोशिस जारी छ छोटो सहज बाटोभन्दा लामो कठिन टिकाउ हुन्छ, आरोह-अवरोह धेरै छन् तर, कोशिस जारी छ ! स्वयम्भू -१५ डल्लु काठमाण्डौ । (-सुनिल अधिकारीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १७:०७:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend