Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार गोम बिक्रमका ५ चोटिला मुक्तकहरू

मुक्तककार गोम बिक्रमका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक-१ कति साथीको सम्बन्ध, अनायासै छिनिँदो रैछ संगत लामो भए पनि, स्वार्थ मिले किंनिदो रैछ के विश्वास भो दुनियाँको, आफै हुनू बरू चनाखो दुःखमा दिएको साथले नै, सच्चा साथी चिनिंदो रैछ । मुक्तक - २ एउटा सत्व ढलाउन, अनेक तत्व खनिएको देख्छु बेइमानीको नाम पनि, ठूलै बनाइ गनिएको देख्छु यस्तै संसार चल्दै जान्छ, अनि विश्वाश ढल्दै जान्छ अरूले तपाईं नभने नि, आफै 'मपाइँ' भनिएको देख्छु । मुक्तक-३ यति गहिरो माया पनि, मलाई न तँलाई भयो दोषारोपण गरिकन, व्यर्थै मुटु जलाई भयो अाखिर टाढा हुनुरैछ, आँशुले मुख धुनुरैछ तिमीले गर्यौ गल्तिहरू, सजायँ पो मलाई भयो । मुक्तक - ४ जसको साथमा जिन्दगीका, ठूला ठूला जँघार तर्यौ खतराहरू पन्छाएर, सुरक्षित बसाइँ सर्यौ सारा इमान-धर्म हर्दै, मनभरी विषाद भर्दै आफ्नो मानो पाको बनाइ, गुन गर्नेलाई बैगुन गर्यौ । मुक्तक - ५ मुखमा आशिष तिनकै छ, सरापले घोक्रो सुकाए नि उत्ति नजिक हुन सक्छन्, गाउँभरी कुकुर भुकाए नि टाढा र नजिक व्यवहारले, चिनिन्छ कहाँ मुहारले ? सुखमा साथ सबैको हुन्छ, दु:खमा मुन्टो लुकाए नि । - गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७६ जेठ ३०

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १७:१०:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend