Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

समयका चोटहरू (कविता) - सोभी लोरुङ

समयका चोटहरू (कविता) - सोभी लोरुङ

सतीश चापागाईं

३०, जेठ २०७६
images
  पुरानो घाउ जहिले बल्झेको हुन्छ समयको साउ सँगै कर्तव्यमा बाँचेको जहिले मर्दैछु आत्माग्लानी सँगै धूपमा देखेँ चर्को धाम जहिले बिलिन हुनु मन छ उनी सँगै बिगतको कुराहरु सम्झन्छु जहिले बिछोडिए पल अब त हुँदैन सँगै कति बलवान् छ समय जहिले जो चोट खाए पछि हुँदैन सँगै मिठा यादहरुबीच बाँच्ने नि जहिले माया त हुँदैन रहेछ धेरै सँगै एउटा नै माया जो मनभित्र जहिले जो आफ्नुलाई समय ढाले सँगै समयहरुले धेरै नै सिकाए जहिले मुटुदेखि दिएको उनीसँगै । - मिरिक बजार, दार्जिलिङ, भारत । (-सोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १८:१९:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend