Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रकाश सपुतको 'गलबन्दी' अरु गीतसंग मिलेको छैन -लोकगायक भगवान भण्डारी

प्रकाश सपुतको 'गलबन्दी' अरु गीतसंग मिलेको छैन -लोकगायक भगवान भण्डारी

सतीश चापागाईं

३०, जेठ २०७६
images
  बरिष्ठ लिक गायक भगवान भण्डारीले प्रकाश सपुतको 'गलबन्दी' गीतको भाका अरु कुनै गीतसंग नमिलेको भन्दै यो गीतको पक्षमा आफ्नो विचार सार्बजनिक गरेका छन् । भण्डारीले आफ्नो फेसबुक वालमा यसो लेखेका छन्; प्रकाश सपुत को “गल्बन्दी”गीत शम्भू राईको गीतसँग ठ्याक्कै मिलेको भन्दै सामाजिक सँजालमा बिभिन्न खाले टिक टिप्पणी हरू भइरहेका छन्। अझै युट्युबरहरूले मौकामा चौका हान्दै पैसा कमाउने दाउ छोपेका छन्। जुध्यो भनिएका यी दुबै गीतहरू कहरवा ताल का गीत हुन मत्लब यिनीहरूको बिट एउटै भएकोले सुन्दा कता कता उस्तै लाग्नु स्वभाविक हो। मैले शम्भू राईको पुरै गीत खोजेको कतै भेटिन सबै युट्युबरहरूले अलि अलि मिलेजस्तो सानो पिस् दोहोर्याउँदै बजाउँदै अनि गल्बन्धी को थेगोको उठान छोडेर पछिको थोरै पिस् दोहोर्यएर बजाउँदै ठ्याक्कै मिल्यो भन्दै गरेका छन्। दुईटै गीतको उठान देखी अन्तिम सम्म कस्तो छ दुईटैको मीटर अनि लय मिलेको छ कि छैन, सबै कुरा राम्रो सँग सुनेर बुझेर मात्र टिका टिप्पणी गर्दा राम्रो हुन्थ्यो । युट्युबर मित्रहरू पछिल्लो समयमा शब्द, लय ,मीटर सबै दुरूस्तै मिलेका गीतहरू प्रशस्तै निस्केका छन्। ती गीतहरूको खोजी गर्नुस् । समाचार बनाउनुस् । अनि गीत पुरै राखेर दर्शक श्रोताको प्रतिक्रिया माग्नुस् बल्ल था हुन्छ मिलेको र नमिलेको ।। खोजी गरेर निष्पक्ष पत्रकारिता गर्नेले एउटा चलेको गीतको पछि लागेर थोरै गीतको पिस् बजाएर जुध्यो भन्ने दुस्साहस् कदापि गर्दैन। गीतहरू को मिल्दा जुल्दा पिसहरू खोज्दै हिड्ने भने एउटै तालका सबै गीतहरूमा कुनै न कुनै पिस् अर्को सँग मिल्ने प्रशस्त गीतहरू भेटिन्छ तर ति गीतहरू ठ्याक्कै मिल्यो भन्न कदापि मिल्दैन। जस्तै:- ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा अनि बोलाउन खोजेको आफ्नै ठानेर- यो दुईटा पिस मात्रै सुनिराख्नुस् त मिले जस्तै लाग्छ अनि युट्युबमा त्यै पिस दोहोर्याएर तेहेर्याएर बजायो भने जुधेको जस्तै लाग्छ। अनि हल्ला चल्छ ल गीत चोरियो।। यो धर्तीम सर्बज्ञानी कहिल्यै कोहि पनि हुँदैन प्रकाश का पनि कमिकम्जोरी होलान् तर एउटा आउँदै गरेको बहुप्रतिभाशाली कलाकारलाई खोजी खोजी लखेटेर निरूत्साहित पार्ने प्रयासहरू देखेर मन खिन्न बनायो। I am with Prakash Saput❤️❤️ जय गल्बन्दी |

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १९:००:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend