Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

ए जिन्दगी (कविता) - सञ्जित तामाङ

ए जिन्दगी (कविता) - सञ्जित तामाङ

सतीश चापागाईं

३२, जेठ २०७६
images
  ए जिन्दगी तँलाई पर्खिदे भन्न सक्दिनँ फर्किदे भन्न पनि सक्दिनँ । बाँच्ने तँलाई आफै यस्तै रूप लिएर आइज भन्न पनि सक्दिनँ । जुनै रूप लिएर आइज म तँलाई अस्वीकार पनि गर्न सक्दिनँ । आइज तँ बहुरूप लिएर फेर्दै आइज तँलाई नबाँची छोड्न सक्दिनँ । कहिले परीक्षा लिन कहिले दुःख दिन कहिले सुख दिन आइज । आखिर तँ नै आउछस र त म रमाउँछु खुलेर बाँच्छु । सधैभरी सपना साँच्छु तैले दिएको हरेक पललाई जिन्दगी सम्झेर बाँच्छु । - नोल डाँड़ा, चियाबारी हुलाक फुवागढी, मिरिक, दार्जीलिङ । (-सञ्जित तामाङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - ११:४७:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend