Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार एस.पी.असफलका ५ चोटिला मुक्तकहरू

मुक्तककार एस.पी.असफलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३२, जेठ २०७६
images
  मुक्तक -१ दुःखी भएर बसौं भनी कति बेचेर बसेको छु, बिगारेछ भने नि भनून् मति बेचेर बसेको छु वियोगीहरुको पीडा मेरै जस्तो होला भन्ने सोची, दिल दुखेकाहरुको ओखती बेचेर बसेको छु । मुक्तक -२ झल्को मेट्न मन्दिर धाउने मध्ये म पनि थिएँ , उ बेलामा पछि-पछि लाउने मध्ये म पनि थिएँ, तिम्रो सुन्दरता गएछ खेर, बुढीकन्या भइछौँ हेर, तिमीलाई दिलमा सजाउने मध्ये म पनि थिएँ । मुक्तक -३ मैले पनि प्रतियोगितामा सहभागिता जनाउनु छ, विजेता बनी मुहार पुस्तिकामा उत्सव मनाउनु छ, कहाँ पोखियो घिउ, आफ्नै भागमा भने झैं हुन्छ कि ? सालो आयोजक ससुरालाई निर्णायक बनाउनु छ । मुक्तक -४ कहिले विदेशी गोरा कहिले स्वदेशी काला पल्केका छन् , पल्लो गाउँका भेना तल्लो गाउँका साला पल्केका छन् , ए हर्के दाई ! 'कुँडे' देखाउन थालेदेखी भाउजूले, आजकाल तिम्रो दोकानमा 'ढाडे बिराला' पल्केका छन् । मुक्तक -५ घरमै बसी काम गर भन गर्न तयार छु सात समुन्द्र तर्न भन प्रिय तर्न तयार छु मेरा लागि मातापिता त्याग्नुपर्छ नभन मेरो मायामा शंका लागे मर्न तयार छु । फेदिखोला -३, गहतेरा स्याङ्जा । (-एस.पी.असफलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - २०:३६:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend