Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कमाने जिन्दगीका सपनाहरू (कविता) - सोभी लोरुङ

कमाने जिन्दगीका सपनाहरू (कविता) - सोभी लोरुङ

सतीश चापागाईं

३२, जेठ २०७६
images
  पोलिएको धामहरूले घस्रिरहेछ अनुहारको त्यो उज्यालो चमकहरू कमाने जिन्दगी दुई पात एक सुइरो जुझिरहेछ त्यो भालेको डाँकसँगै । मनभित्रको सपनाहरू बोकीरहेछ आज त टिप्नेछु हिजोभन्दा धेरै रहरहरू छोराको टिभिसन फि भर्नु छ एक सुइरो बीच लगातार अरू त ध्यान छैन कसैसँग । बर्खा झरीको चुटाई पनि सहनु सकिन्ने रहेछ जो आफ्नु खुनको लक्ष्यप्ँगि कर्तव्यहरू धन्य यहीँ छन् आफ्नु नै ठाउँमा एक सुइरो मेहेनत गरे पाउने अाशाहरू भीख माग्नु छैन छाकसँगै । त्यो तप-तपाउँदो गर्मीमा पनि हँसिलो मुहार भविष्यप्रति डुबिरहेछ, न तिर्खा न भोक बनाउनुछ छ उसलाई अफिसर, डाक्टर धेरै इच्छाहरू रातको निन्द्रामा सन्तानको अनुहार होइन देख्छन् सिर्फ एक सुइरो फेरि भोलि नौलो दिन हतारको साथमा दौडीरहेछ धाँटीभित्रै गाससँगै । - मिरिक बजार, दार्जिलिङ भारत । (- सोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - २०:४६:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend