Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

साहुनीको माया (लघुकथा) - गङ्गा आचार्य

साहुनीको माया (लघुकथा) - गङ्गा आचार्य

सतीश चापागाईं

३२, जेठ २०७६
images
  कामधन्धा सकाएर गाजली आफ्नो घर फर्कदै थिई । साहुनीले भनिन् -"भोलि मेरी छोरीको जन्मदिन । छरछिमेकी, आफन्त बोलाएकीछु ।धुमधामसँग मनाउनुपर्छ । तँ पनि छिट्टै आइज तयारी गर्नुपर्छ ।" गाजलीले स्वीकृतिको टाउको हल्लाउँदै घरतर्फ लागी । भोलिपल्ट गाजलीले सोची -"दु:खी, गरिब छु । तापनि जन्मदिनमा रित्तै कसरी जानु ? एक किलो भए पनि फलफूल लिएर जान्छु ।" बजार मूल्य सुनेर खङ्ग्रङ्ग भई । तथापि फलफूल राम्रो छानी । लिएर गई । साहुनीले पनि घरमा भएका फलफूलमध्ये एकातिर राम्रा अर्कोतिर नराम्रा, बिग्रेका छान्दै रहीछिन् । गाजलीले उनको हातमा आफूले लगेको फलफूल राखिदिँदै भनी -"मेरो तर्फबाट नानीलाई आशीर्वाद स्वरुप ।"  साहुनीले फलफूल नियालेर हेरिन् र राम्रा फलफूलतर्फ राख्दै भनिन् - "नल्याएकै भए पनि हुन्थ्यो ! अनि यता सुन् त (बिग्रेका फलफूलतिर देखाउँदै) मैले केही फलफूल यता छुट्याएर राखेकीछु । बेलुकी घर जाँदा सबै लैजानु है । मलाई चौपट्टै माया लाग्छ तेरो ।" - बागलुङ नगरपालिका - २ श्रीनगर टोल हाल : काठमाडौं, सीतापाइला । (- गङ्गा आचार्यको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - २२:०२:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend