Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मुक्तककार कमल घिमिरेका ५ मुक्तकहरू

मुक्तककार कमल घिमिरेका ५ मुक्तकहरू

सतीश चापागाईं

३२, जेठ २०७६
images
  मुक्तक -१ सम्झी सम्झी पागल जस्तै हुन म कसरी सक्छु ? जिन्दगीभर तिम्रै यादमा रुन म कसरी सक्छु ? मैले हात मात्र माग्दा उनले बिहेको निम्ता दिइन अाफ्नै प्रेमीकाको गोडा धुन म कसरी सक्छु ? मुक्तक -२ उसलाई मप्रति दिल कहिल्यै अाउन्न भैगो अब उसँग म पनि माया लाउन्न बरू उसको खुसीको लागि म मर्ने थिए, तर म मरेपछि ऊ हाँसेको देख्न पाउन्न । मुक्तक -३ कहिलेकाही उसले मलाई यति धेरै प्यार गर्छ! मध्यरातसम्म मलाई मायाले नै सिकार गर्छ!! जब तिमी वेला वेला पराईजस्तो नटक गर्छौ भट्टिले नि मलाई अाफ्नै जस्तो व्यावहार गर्छ! मुक्तक -४ मरेपछि मलाई गाड्नु धर्तीको जिम्मा लगाईदिनू बिन्ति छ मेरो उनी बसेको यो मुटु नजलाइदिनू कोही मर्दा गाउँमा मैले मान्छे रुँदै हिँडेको देख्छु तर मेरो लाश उठाउँदा एकपटक सबै रमाइदिनू । मुक्तक -५ उकाली चढिरहनुपर्छ अनि अोराली झरिरहनुपर्छ, मेलापात अनि घाँस दाउरा सधै भरि गरिरहनुपर्छ, तिमी सुनको र महल अगाडि कारको कुरा गर्छौ तर हाम्रोमा त एक छाक खानको लागि मरिरहनुपर्छ । पाणीनी गा.पा. - ५, मैदान अर्घाखाँची अर्घाखाँची । (- कमल घिमिरेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - २२:०६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend