Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

स्नेहमूर्ति आमा (कविता) - सोभी लुरुङ

स्नेहमूर्ति आमा (कविता) - सोभी लुरुङ

सतीश चापागाईं

३२, जेठ २०७६
images
  हेर त्यो अबोध बालकलाई आमाको दूध पिएको बेला कति निच्छल कति निर्ममता आमाको आँखामा आँखा मिलाई। आफ्नो तृष्णा मेटेकोछ, कस्तो निर्मम दृष्य छ त्यो हेरी रहौ झै लाग्छ । जिन्दगीको यो कस्तो अनौठो एउटा सत्य-तथ्य । मातृत्वको प्रेम बीच अडेको छ नानीको जिन्दगी आमाको तृष्णामा कति छट्पटिन्छन् । जब उनीहरू हुर्किन्दै बाल्यकाल छोडी जवान अवस्थामा मिसिन्दै जान्छन् संसारिक कुरोमा नै रमाउनु थाल्छन्, मातृ-स्नेहलाई त पलभर मै भुली दिन्छन् कस्तो बिडम्बना जिन्दगीको ....... अब त त्यो हेराई नै बदली जान्छ उफ..... ! अहिले त त्यो मायालु नजर नै छैन, केवल आफ्नो जरुरत पूरा गर्नुको निम्ति केही पाउना हेरिने नजर मात्र छ । अब त आमाको नजर पनि वृद्वा भएछ ती हुर्काइएका हातहरु नि चाउरी परेछ, शिथिल भएछ !! ज्ञान आउने हो कि भनेर कडा शब्द बोल्दा नि आफू नै झुक्नु पर्ने पो अवस्था आई सकेछ ।। यस्तो नै रैछ तितो सत्य अब त त्यो बाल्यकालको माया नै कहाँ रहेछ र...!! अहिलेसम्म त्यो नै देख्छु आमाको मन हो अल्झेको छु अझै नि म यो माया मोहमा , आफ्नु लागी केही छैन राखिन पनि उसैलाई पो कमी हुन्छ कि भनी अब त जिन्दगी पनि धेरै भएर अभिशाप लाग्न थाल्यो जसको निम्ति बाँचेको थिएँ उनीहरूको नजर नै बिषालु बन्यो..!! उनीहरूको सपना पूरा गर्दा गर्दा नै आधा जिन्दगी सकियो..!! बाँकी रहेको जिन्दगी, उनीहरूकै बाटो हेर्दा सकिन भो।। यसैले म आमा बुढी आमा पगली आमा नानाथरीको नाम राख तर तिमीलाई जन्म दिने र सधै मात्ृ-ह्रदयमा टाँसी राख्ने म तिम्रो आमा । मिरिक बजार, दार्जिलिङ, भारत । (सोभी लुरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३२, २०७६ शनिवार - २२:२३:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend