Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार ईश्वर कुँवर "साँफे" का ५ चोटिला मुक्तकहरू

मुक्तककार ईश्वर कुँवर "साँफे" का ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

१, आषाढ २०७६
images
  मुक्तक -१ जतिसुकै हार गुहार गरे नि चिन्दै-चिन्दैनन् सधैं उही बाटो वारपार गरे नि चिन्दै-चिन्दैनन् चुनावको बेलामा मात्र चिन्ने यी नेताहरूले अरू बेलामा नमस्कार गरे नि चिन्दै-चिन्दैनन् । मुक्तक -२ कोही होटेलमा त कोही घरमा हुन्छन् गाली गर्छ साहुले बिचरा डरमा हुन्छ्न् पढ्ने उमेरमा गरिबका बालबालिकाहरू खान लाउन पनि अरूको भरमा हुन्छन् । मुक्तक -३ हातमा महँगो मोबाइल समाउँछ्न् अचेल फेसबुक टुइटरमै दिन कटाउँछ्न् अचेल छिमेकमा आगै लागे नि निभाउने साटो रमिते भएर बरू भिडियो बनाउँछ्न् अचेल । मुक्तक -४ यो मनको व्यथा सुनाऊ कसलाई ? मुटुका घाउहऊँ देखाऊँ कसलाई ? आफनै मान्छेले त पीडा दिन्छ्न् दु:खको भारी बिसाऊँ कसलाई ? मुक्तक -५ किन किन तिमीलाइ हेरौं हेरौं लाग्छ सधैं भरी अँगालोमा बेरौं बेरौं लाग्छ एकाएक बस्यौं यो मनमा आएर तिमी तिम्रो मुटु मेरो धड्कन फेरौ-फेरौ लाग्छ । साँफेबगर न.पा. -३ अछाम हाल : धनगढी, कैलाली । (- ईश्वर कुँवर "साँफे" का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ १, २०७६ आइतवार - ०९:४९:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend