Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बाबाको सम्झनामा (कविता) -अर्जुन शर्मा निरौला

बाबाको सम्झनामा (कविता) -अर्जुन शर्मा निरौला

सतीश चापागाईं

१, आषाढ २०७६
images
  बाबा ! तिमी छैनौ एक्लो छु तिम्रो स्नेह गुमाएँ मैले स्वर्गवासी भयौ । ए !अर्जुन सन्चो भएन कि तँलाई ? आफू सुगर/प्रेसर र मुटुको ब्यथाले थलिएको बेला आफ्नो पीर लुकाएर यो लम्पसार छोरालाई सधै सोध्थ्यौ "अलिक खाना त खा न हौ, अर्जुन ।" नुहाई दिन्थ्यौ मुख धोइ दिन्थ्यौ ह्वीलचियरमा राखेर घुमाउँथ्यौ दिशा पिसाब सफा गरिदिन्थ्यौ चालीस बर्षे छोरोलाई नाबालक झैं सेवा दियौ, पन्ध्रबर्षसम्म आफैंलाई म(छोरो)मा समर्पित गर्यौ । म बाबा भएँ तिमी मेरो छोरो । साँच्चै खोटो भाग्य लिएर आएँ म, यो संसारमा । पश्चतापको आँसु रोइरहेछु । अहिले तिमी छैनौ आँसुहरू मात्र छ मसँग अहिले कहाँ भेटौं तिमीलाई ? बस्न त मन छैन यो स्वार्थी परिवेशमा । आज फार्दर्स डे 'रे मेरो मनभित्र छौ तिमी म नै तिमी हुँ यदि तिमी न'भा ? तिम्रो अर्जुन, कहाॅ हुन्थ्यो र ? यो संसारमा । यसै र बाबा, तिम्रो मुहार ऐनामा हेर्दा, मलाई देख्दिन म, तिमीलाई पाउँछु म, तिमी नै हुँ तिमी छौ मभित्र, सिंगो तिमी बाबा ! यो एक मुठ्ठी प्राण वायु निस्केर जाने कहिले ? म तिमीमा विलिन हुन चहान्छु । ----- -गीतखोला, दार्जिलिङ्ग भारत । कवि निरौला "भाव तरङ्गहरू" कविता संग्रहका लेखक हुनुहुन्छ । (-अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ १, २०७६ आइतवार - १०:००:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend