Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शब्दैपिच्छे गणतन्त्रको बुट्टा भर्नेलाई सलाम - गणेश नेपालीका ५ मुक्तकहरू

शब्दैपिच्छे गणतन्त्रको बुट्टा भर्नेलाई सलाम - गणेश नेपालीका ५ मुक्तकहरू

सतीश चापागाईं

१, आषाढ २०७६
images
मुक्तक -१ आशा मर्दैछ जनताको कुरा साँचो हो सधैं अलमलाइ राख्ने काम काँचो हो बेथिति र बिकृति सधैं भोगेकै त हो यहाँ त शान्ति, विकास ल्याउनेको खाँचो हो । मुक्तक-२ देखियौ झन राम्री मोटाएर पुटुक्कै बनायौ हेरि बस्ने थुक निल्दै घुटुक्कै यस्तै-यस्तै तिमीलाइ नि भा भए सानी भागी हालौ साइत जुराएर सुटुक्कै । मुक्तक -३ जब मेरो जिन्दगीमा पाइला टेकिन उनले दु:ख जति सबै नै मायाले सेकिन उनले सुखसँग बाँच्न अब मुग्लान लाग्छु भन्दा रूँदै-रूँदै हात समाएर बाटो छेकिन उनले । मुक्तक -४ टुप्पाबाट पलाएकाहरुको कस्तो चुरिफुरी छया लाजै हराएसी जे गरे नि हुने कुरिकुरी छया अरू घोडा चढेको देखेर यताका नामर्दहरू अचम्मैसँग चढछन् घरको धुरिधुरी छया । मुक्तक - ५ बोलेकै लेखेकै निहुँमा फेरि मर्नेहरुलाई सलाम शब्दै पिच्छे गणतन्त्रको बुट्टा भर्नेहरुलाइ सलाम मुखमा राम-राम जप्दै यहाँ बगलीमा छुरा राखी दोहोरो भूमिकाको अभिनय गर्नेहरुलाइ सलाम । बगनासकाली -१, चिर्तुङ्धारा पाल्पा । (- गणेश नेपालीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ १, २०७६ आइतवार - १०:०७:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend