Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार शारदा घिमिरे भैलका ५ चोटिला मुक्तकहरू

मुक्तककार शारदा घिमिरे भैलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२, आषाढ २०७६
images
  मुक्तक -१ फलाम जस्तै साह्रो लाग्दैछ यो कपास पनि जिन्दगीले किन झेली रहन्छ बकवास पनि शरीर छोडेर भाग्न खोजेको जस्तो लाग्दैछ नियन्त्रणमा छैन एक मुठी श्वासप्रश्वास पनि । मुक्तक -२ जून जस्तो शितलता त दिँदैन ताराले अाफ्नो पीडा बुझ्दैनन् दुनियाँ साराले समस्यासँगै समाधान अाउँछ भन्छन् बोलेको पूरा कसरी होला यस्तै पाराले । मुक्तक -३ अभावले कोपरेका बेलामा सबैलाई दुख्छ उर्लेका भेलहरु पनि खडेरीमा सबै सुक्छ दुःखमा अात्तिने सुखमा मात्तिन अाउँदैन.. जस्तै जूनभित्र अनगिन्ती दागहरु लुक्छ । मुक्तक -४ जीवन हिँड्दैछ रफ्तार लिएर हातमा पुस्तक दुई-चार लिएर .. फूल भर्खर मुस्कुराउन सिक्दैछ रेट्न नखोज्नू कसैले धार लिएर । मुक्तक - ५ हाम्रोबाट जसरी तेरो मेरो हुन्छ जीवन अनायस नै अप्ठेरो हुन्छ अभिमानले अग्लो भएको बाँस नुहिनु मात्र होइन कप्टेरो हुन्छ । बनेपा न. पा.- ५ काभ्रे । ( मुक्तककार शारदा घिमिरे भैलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ २, २०७६ सोमवार - ०९:५३:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend