Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मुक्तककार अमर त्यागीका ५ चोटिला मुक्तकहरू

मुक्तककार अमर त्यागीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२, आषाढ २०७६
images
  मुक्तक -१ बल्की घाउ बनेर दुख्छ दिलमा चर्केर यो चेतना वर्षाको खहरे बनेर दिलमै उर्लिन्छ यो वेदना घुट्को आँसु पिएर बाँच्नु सजिलो साँच्चै कहाँ हुन्छ र ? फाटेको दिलमा हुँदैन सुखको सन्चो र न्यानोपना । मुक्तक -२ आगो रोष र क्रोध हो हृदयको आगै न हो जिन्दगी आगो भोक र तृप्ति हो प्रणयको आगै न हो जिन्दगी औधी कोमल यै कठोर पनि यै सौभाग्य दुर्भाग्य यै आगो सृष्टि र ध्वंस हो समयको आगै न हो जिन्दगी । मुक्तक - ३ आफ्नै जीवन निम्ति सोंच्नु जनको भो एउटै कर्मणा ‘मैमात्रै सुखले जिऊँ’ छ सबको यो एउटै धारणा पाली नित्य विषालु क्लेष र इगो मिल्छन् लगाई गला मानौं मानिसका मुहार हँसिला हुन् सर्पका ती फणा । मुक्तक -४ ईर्ष्या शंसय रोष क्रोधहरूमा दिग्भ्रान्त छन् मानिस फोस्रा रीतिरिवाज थातथितिमा सम्भ्रान्त छन् मानिस फस्छन् आपसमा अदृश्य रूपका षड्यन्त्रका जालमा मान्छेकै छलबाट पल्पल यहाँ आक्रान्त छन् मानिस । मुक्तक -५ आफ्नै स्वार्थ निमित्त लुट्न सबले भ्याई सके देश यो साह्रै संकटपूर्ण दूर स्थितिमा ल्याई सके देश यो सत्ताको सिनु लुछ्न आतुर सधैं छन् स्याल वा गिद्ध झैं भोका शासक शक्तिवालहरूले खाइसके देश यो गजल गुँड कलैया, बारा हाल : बेटोनडोर्फ, आइवा, अमेरिका । ( मुक्तककार- अमर त्यागीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ २, २०७६ सोमवार - ०९:५५:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend