Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पारपाचुके (कविता) -अनुजा रेग्मी

पारपाचुके (कविता) -अनुजा रेग्मी

सतीश चापागाईं

२, आषाढ २०७६
images
आउ प्रिये , हामि पारपाचुकेको पारपाचुके गरि दिउ तिमि ल्याप्चे ठोकिदेउ , म हस्ताक्क्षेर गरिदिन्छु । तिमि तिम्रो अहम् त्यागिदेउ म पनि घमण्ड तोडी दिन्छु । म सरजाम बटुलेर ल्याउला तिमि मिष्ठान्न तयार गर म मझेरी सफा गरौला तिमि मस्को लगाउ आउ प्रिये , हामि पारपाचुके को पारपाचुके गरिदिउ । घामको पहिलो झुल्को संगै पाइला संगै अघि बढाउ म मेला भर्न जाउँला तिमि पधेरि । अनि हाम्रो गोरेटो फरक , पाइला फरक गन्तब्य एउटै होस् । मेरो पोको भर्ने , तिम्रो घैला । प्रियॆ तिमीलाई पनि मेरो आगमन को प्यास होस् मलाइ पनि तिम्रो प्रतिक्षाको तिर्सना । अनि बल्ल बन्ने छ हाम्रो सुन्दर संसार त्यसैले , तिमि पनि तिम्रो अहम त्यागिदेउ म पनि मेरो घमण्ड तोडिदिञ्छु । आउ प्रिये , हामि पारपाचुके को पारपाचुके गरिदिउ , तिमि ल्याप्चे ठोकिदेउ म हस्ताक्षर गरिदिन्छु । घ्याल्चोक, गोरखा हाल:सियाटल, अमेरिका

images
प्रकाशित मिति :आषाढ २, २०७६ सोमवार - १०:२५:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend