Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -- विजय घिमिरे 'विफल'

गजल -- विजय घिमिरे 'विफल'

सतीश चापागाईं

३, आषाढ २०७६
images
  घर सम्झियो अनि चुहिने पाली सम्झियो सुत्नु अघि एकपल्ट बाको गाली सम्झियो मुहार हँसिलो थियो आँखा रसायो एक्कासी सायद मनले पनि निष्ठूरी काली सम्झियो साथमा कोही छैनन् म विफल भएको बेला अनि मेरो सफलतामा बजेको ताली सम्झियो झकमक्क फूल पनि ओइलायो सुस्तरी सुस्तरी हुन सक्छ फूलले पनि बिचरा माली सम्झियो दु:ख काट्न मन्दिर जाँदा-जाँदा थाकेको मान्छे म आज पुनः विफलले पूजाको त्यो थाली सम्झियो बनेपा न. पा. -२ काभ्रे । ( - विजय घिमिरे 'विफल'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - १०:०४:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend