Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल महिमा(कविता) -शङ्कर ढकाल

नेपाल महिमा(कविता) -शङ्कर ढकाल

सतीश चापागाईं

३, आषाढ २०७६
images
(छन्द : वितान) अनाज भण्डार हाे तराई मुहान पीयूषकाे हिमाल पहाड साैन्दर्यले उज्यालाे भएर नेपाल भाे विशाल सिँगार्न नेपाल बेहुली झैँ वसन्त नै बाह्र मास खेली निकै फुलेकाे छ फूलबारी गुराँस चम्पा जुही चमेली ।।१।। अझैँ महालिङ्ग बाैद्ध राम्दी रिडी स्वयम्भू र कृष्ण धाम भएर नै हाे अमूर्त द्याैता प्रशस्त भेटिन्छ शालिग्राम । भई सके चिन्न पूर्ण ध्यानी लिएर अाशिष् पुजिन्छ घाँस सुपुत्र पुत्री समान मान्छाैँ प्रसन्न गाई मयूर हाँस ।।२।। भनूँ भने भूमि लाग्छ सानाे विवृत्त देखिन्छ लाख तारा जताततै गण्डकी किनारा सधैँ बगेकाे छ दूध धारा । सबै खुसीसाथ बाँच्न अाफ्नै छ पर्व संस्कार मातृ भाषा भुलेर मातापिता मुना नै कदापि पर्दैन जान ल्हासा ।।३।। छुँदैन कालाे कराल बेला प्रफुल्ल छन् चन्द्र सूर्य काख भजेर नेपाल नित्य प्रात: कवीश लेखे सुकाव्य लाख । मिलेर माैरी जसै बसेकाे मनुष्य देखिन्छ वारपार छ शान्ति भेटिन्न क्रान्ति कैल्यै हुँदैन हिंसा कुनै बजार ।।४।। सजाउने रङ्ग इन्द्रजीले लिपिन्छ जैल्यै कुनाकुनामा अनेक भेटिन्छ शिष्ट ध्यानी असह्य पीडा परे सुदामा । यिनै नसामा बगीरहेकाे शहीदकाे शुद्ध रक्तधाराे म हूँ तपस्या गरी बसेकाे अदम्य नेपालभक्त प्याराे ।।५।। तानसेन न. पा.- ७ काजीपाैवा, पाल्पा । हाल : महाराष्ट्र नागपुर,भारत । ( - शङ्कर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - १०:०९:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend