Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

स्वामीभक्त कुकुरहरू -अर्जुन शर्मा निरौला

स्वामीभक्त कुकुरहरू -अर्जुन शर्मा निरौला

सतीश चापागाईं

४, आषाढ २०७६
images
सम्बन्धित तस्बिर यो संसार बुझी नसक्नु छ। यहाँ अनगिन्ति पशु -प्राणी, उद्वभिद तथा बिभिन्न प्राण भएका अथवा नभएका बस्तुहरू नभमा, थलमा अनि जलमा बिद्यमान छन्। यो पृथ्बीमा सधै नै कॅही न कॅही अपत्यारिला घटनाहरु घटिरहन्छन्। कतिपय यस्ता छअनौठा घटना तथा कुराहरूलाई हामी साधारन्त उस्तो ख्याल तथा निन्दा गर्दैनौ ती कुराहरू झन् क दुर्घटनामा परेर ह्वीलचियर लाइफ ब सार्वजनिक ताईरहेछु अनि यसरी ह्वीलचियरमा बसेर मैले दैनिक रूपमा यस्ता सामाजिक तथा प्राकृतिक कुरोलाई निक्कै नजिकबाट तथा बिश्लेषण गरिरहेछु तथा यस्ता कुराहरू बुझ्ने समय पाॅए । यहाॅ प्रस्तुत गरिने लेखमा तीनवटा बिषयमा केही रहस्यमयी कुरो उल्ल कुकुरहरू कोेख गर्न गइरहेको छु । यो घटना यसै बर्ष २०१९ फरवरी महिनाको हो तर त्यसबेला म मेरो निजी वासस्थान गीतखोलामा थिइन । उपाचाराधिन सिलगड़ीतिर थिएॅ । यो घटनाको प्रसंग शुरू गर्नुभन्दा पहिल्यै यहाॅ अलिकति गीतखोला तथा मेरो निवास स्थान बिषयमा जानकारी गराउन आवश्यक ठान्दछु । जहाँ हाम्रो । मेरो निवास छ उक्त स्थानको नजिकै चिउरे झोड़ा र गीतखोलाको दोभान छ जहाॅ श्मशानघाट छ। वरिपरि तथा केही टाढाका खोलाको दोभानमा समर्पित गरिने दस्तुरका मृतदेहको अग्निलाई अन्तिम संस्कार यसै दोभानमा गरिन्छ । मेरो निवास छ स्थानघाटको सबैभन्दा नजिकमा छ। यस्तै पुग नपुग चार सय फीटको दूरीमा होला, हाम्रो निवासस्थान । अब वास्तविक घटनातिर लागौं । मेरै बंशज दाज्यू भाउज्यूको घर यहाॅदेखि हिॅड़ेर जाॅदा यस्तै बिस मिननटको दूरीमा अवस्थित् छ। सुनें, भाउज्यू अचानक बितिछिन्। म त मधेशतिर नै थिएॅ ।बिसन्चोको कारणले उक्त समयमा आउनु सकिन। केहीसमयपछि मार्च २०१९ को अन्ततिर म आफ्नो घर गीतखोला आएँ। आँगन तथा मेरो शयन कोठाको मूल ढोका तथा आगनभरी कुकुरको बथान थियो । छक्क परें। सोधेँ , कस्को कुकुरहरूको गोठ हो यो भनेर । घरका सदस्यहरूले भने, यो पारी दाज्यूहरूको कुकुर हो अस्ति भाउज्यू खसेदेखि यतै बस्दैछ, जानै मान्दैन । मैले ठट्टा गर्दै भने, -"हैट ! यो एक गोठ कुकुर पाल्नु भन्दा त बरू तीनवटा खसी बाख्रा पालेको 'भा ?" [caption id="attachment_9485" align="alignright" width="675"] लेखक[/caption] "के गर्नु, दादा, जानै मान्दैन साँढेहरू, !"-भनिन् बुहारीले । समय बित्दै गयो, निक्कै समय बितिसक्यो, कुकुर आजसम्म फर्किएको छैन । निक्कै शिकारी छन् यी कुकुरहरू, एउटा छाउरी अनि दुइवटा डाँगाहरू छन् । कहिलेकाही मृगको शिकार पनि गर्छन् यी कुकुरहरू। यी कुकुरहरूको निम्ति पनि भोजन पाक्छ नित्य, आजकल हाम्रो भान्साघरमा । एउटा पाङग्रे, कालो टमी र अर्की सेतो चुलबुली, यी कुकुरहरूको नाम । कहिलेकाही कुकुरहरूको मालिक दाज्यू आउँछन् हाम्रो घरमा । दाज्यूको छोरो भतिजोहरू दैनिक आउँछन् । दाज्यूले ती कुकुरहरूलाई -"घर हिॅड़् ।"- भन्छन्, "एइ पाङग्रे, चुलबुली, टमी हिॅड़ ।" -भन्दै कराउँछन् ।सबै दाज्यूको पछि पछि लाग्छन् तर सबै आधाबाटोसम्म पुगेर फर्केर यही आउँछन् । दाज्यूको छोरो, भतिजो केटोहरू गाड़ी चलाउँछन्, घरको गाड़ी आउँदै गरेको टाडैबाट चाल पाउँछन् यो कुकुरहरूले, पुच्छर हल्लाउँदै कुद्छन् गाड़ी खेद्दै तर अरू गाड़ी चाॅही यसरी खेद्दैनन् । एकपल्ट त भतिजो केटोले सबै कुकुरहरू गाड़ीमै हालेर लगेको थियो घर तर एकक्षणमा त हाम्रै आॅगनमा टुपलुक्कै । कसै गर्दा पनि यी कुकुरहरूले हाम्रो घर छोड़ेका छैनन् । कालो कुकुर, टमी निक्कै लपलपे छ, मेरो भाईले एकदिन निक्कै गज्जबले गोद्यो टमीलाई तर त्यति गोदाइ खाँदा पनि त्यस्ले पनि हाम्रो घर छोड़ेन । म सधै ख्याल गरिरहन्छु यी कुकुरहरूको दैनिक गतिबिधि। यी तीनैवटा कुकुरहरू दिन अनि रातमा एकदुइ पल्ट भुक्दै घाटतिर लाग्छ-घरका सबैजना भन्छन् । मृग देख्यो कि क्या हो साँढेहरूले । म पनि त्यस्तै सोच्थें पहिला पहिला त तर अहिले आएर मेरो दिमागमा अर्कै कुरो खेलिरहेछ । जो यहाॅ बर्णन गर्न गइरहेछु । कुकुर साह्रै स्वामीभक्त हुन्छन् तथा घरका विशेष मानिससित झ्याम्मिएको हुन्छ । बैज्ञानिक तथ्यनुसार हामी प्रत्येक मानिसमा शरीरको आ-आफ्नै वासना तथा सु-गन्ध हुने गर्छ र त्यो सुगन्ध कुकुरलाई थाह भएको हुन्छ । यसैले कुकुरले आफ्नो मालिक आएको धेरै टाड़ाबाट पनि थाह पाउन सक्छ। कुकुरको घ्राणशक्ति पनि निक्कै तेज हुन्छ। यसैले मालिक आउँदै गरेको चाल पाएर आधा बाटोसम्म लिन आउँछन् कुकुरहरू। मैले धेरै बर्ष अगाडी एउटा लेख पढेको थिए- जसमा कुकुरको आफ्नो मालिकप्रतिको प्रेम तथा स्वामीभक्ति सम्वन्धी नै वर्णन गरिएको थियो । जो यस्तो थियो । एउटा मानिस सिक्किस्त विरामी परेर अस्पताल लगिएको थियो अनि त्यतिवेला उसको कुकुर पनि पछ्याउॅदै अस्पताल पुगेको थियो अनि अस्पतालको मूल ढोकामा बिरामी मालिकलाई पर्खेर बनिरह्यो तर मालिक अस्पतालको पलङमै मर्यो अनि मरेपछि हाम्रो शरीरको विशेष वासना पनि हराउँछ । वासना नभएको हुँदा त्यो कुकुरले अस्पतालको भीड़भाड़मा आफ्नो मालिकको मृत शरीर घर लगिएको चाल पाउन सकेन र सात बर्षसम्म त्यही अस्पतालको मूल ढोकामा मालिकलाई पर्खिएर बसिरह्यो अनि त्यो कुकुर त्यही मर्यो । आज उक्त अस्पतालको मूल दैलोमा नै त्यो कुकुरको मूर्ति बनाइएको छ भनेर पढेको थिएँ । अब यताको प्रशंगतिर आऊ । जब भाउज्यू अचानक बितिन् । यी कुकुरहरूले पनि थाह पाए होलान् । देखे अनि भाउज्यूको मृत देह्ँगै यिनीहरू पनि मलामीहरूसँगै पछ्याउॅदै घाटसम्म आए । सायद कसैले त्यो कुरो त्यतिबेला याद गरेनन् होला । देखे होलान -यी कुकुरहरूले पनि भाउज्यूको मृत देहलाई पन्चतत्वमा बिलिन भएको, हेरिरहे होलान घाटको छेउमा बसेर । भाउज्यूको दाह संस्कार सकिएपछि मलामी फर्केर गए तर यी कुकुरहरूको मालिक फर्केर गइनन् । मेरो बिचारमा यी तीनवटै कुकुरहर पनि आजसम्म आफ्नो मालिकको प्रतिक्षामा यही घाटको नजिकै भएको घरमा आफ्नु मालिकलाई पर्खेर बसिरहेका होलान कि ? - कालेबुङ, गीतखोला । (-अर्जुन शर्मा निरौलाको सत्य घटनामा आधारित यो लेख साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ४, २०७६ बुधवार - १९:१६:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend