Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मुक्तककार शारदा घिमिरे भैलका ५ चोटिला मुक्तकहरू

मुक्तककार शारदा घिमिरे भैलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

४, आषाढ २०७६
images
  मुक्तक -१ रानीचरी त्यो वनमा हराएकी रहिछे साथ कोही नभेटेर डराएकी रहिछे नौलो ठाउँ बुझेनन् उसका भाषा.. अाफ्नै सूरमा अाफै कराएकी रहिछे । मुक्तक -२ अचानक फेरि पुरानो मोडमा टेकियो स्मृतिका पानाहरुमा कथाहरू भेटियो देखिन्छ कसरी पानीमा कोरेका अक्षर.. लेख्दा-लेख्दै एकाएक सारा मेटियो । मुक्तक -३ कथाले मागेको जसरी चल्न सक्नुपर्छ कैले बरफ कैले पानीमा ढल्न सक्नुपर्छ अहिलेको समय छेपाराहरुको हो रहेछ माैसम अनुसारनै रङ बदल्न सक्नुपर्छ । मुक्तक -४ चारैतिर अब गुन्जिन्छ विजय गीत हेर मोती जस्तै टल्किन्छ बिहानी शीत हेर अमर दिव्य सुन्दर धुन अानन्द छाउँछ अब अाफ्नै जीवनसँग गरेर प्रीत हेर । मुक्तक -५ खै के भनेर सुनाउँछ जूनलाई ताराले एकदिन थाहा पाउँनेछ दुनियाँ साराले अब कुन सजिलो कुन अप्ठ्यारो भन्नु ? जीवन डुङ्गा खियाउँनुछ अाफ्नै पाराले । बनेपा न. पा.- ५ काभ्रे । (- शारदा घिमिरे भैलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.faceboo.kcom/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook.com.nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ४, २०७६ बुधवार - २०:१७:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend