Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार प्रकाश घायलका ५ चोटिला मुक्तकहरू

मुक्तककार प्रकाश घायलका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

५, आषाढ २०७६
images
मुक्तक -१ उत्साहले रम्यो आकाश झरी पर्न बादल फाट्दा हाँसो थियोे खुसी थियो तिमीसँग मुटु साट्दा कति सिउनु जतन गरी घरीघरी फाट्ने मनलाई, दु:खका दिन शुरू भयो ~उमंगले डाडो काट्दा ! मुक्तक - २ सुन्दर फूलको सिर्जना जसले गरायो लाली र रस देखेर लोभी भँवरा रमायो उदे्क लाग्छ सृष्टिकर्ता देख्दा अचेल, फेरि कोपिला चुँड्ने हात किन बनायो ! मुक्तक - ३ सोच्दै नसोचेको विधाताले हण्डर ख्वायो उजाड पारी मन मुटुलाई खण्डहर बनायो यो मनको पीर त्यो मनले बुझ्दैन क्यै गरे, जल्दछ छाती आँखामा भने असार रसायो ! मुक्तक - ४ बल्लतल्ल छाएको थें भत्की गयो पाली पनि खेतको गरा नथेगेर चिप्ली दिन्छ आली पनि सँगै जिउने मर्ने ~कसम खान्थी हिजोसम्म , झर्किएर पोको बोकी बाटो लागि काली पनि ! मुक्तक - ५ तिमीले दिने हरेक घात नशा जस्तै मात लाग्छ भक्कानिन्छ छाती दिन पनि अाैँशीकाे रात लाग्छ कति रिसाउँछौ चुक घोप्टाए जस्तो अनुहार लाउँछौ, मुटु भने जलिरहन्छ आँखामा साउनको बर्षात् लाग्छ ! तारकेश्वर नगरपालिका -७ फुटुङ्ग काठमाडौ । ५ असार २०७६ (-प्रकाश घायलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - ०८:११:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend