Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

के यही हो जिन्दगी ?? (कविता) - राजेन तामाङ

के यही हो जिन्दगी ?? (कविता) - राजेन तामाङ

सतीश चापागाईं

५, आषाढ २०७६
images
जिन्दगीलाई तपाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ? जिन्दगीप्रति प्रत्येक मान्छेको आ-आफ्नै मत हुन्छ, सबैले शिखर चुम्ने अभिलाषा बोकेका हुन्छन् , कति धन कुबेर बन्न, कति उच्च ओहोदामा पुग्न हर सम्भव प्रयास गर्छन् भने कतिपय जिन्दगीहरू असहाय बनी हिँडदैं गरेको गोरेटोमै अन्त हुन्छन् । वास्तवमा जिन्दगी के हो ? बचाईं के हो ? म अझै पनि अन्योलमा छु, असन्तुष्टिको गहिरो दहमा म डुबुल्की हान्न पुग्छु मतभिन्नता पाउँछु जताततै, कहिले आशा र विश्वासको बलियो घोडामा दौडिन पुग्छु , कहिले चालिएका पाइलाहरू अकस्मात थामिन पुग्छन्, के यही हो जिन्दगी ?? * * * - दार्जिलिङ्ग, भारत । (- राजेन तामाङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - ०८:३७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend