Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शारदा घिमिरे भैलका केही लघु कविताहरू

शारदा घिमिरे भैलका केही लघु कविताहरू

सतीश चापागाईं

५, आषाढ २०७६
images
  (१) तस्विर किन हेरिरहुँ जस्तो लाग्छ तिम्रो तस्विर.... जीवनको उज्यालो ऐनामा जहाँ भेट्छु खुसीको पारिलो घाम देख्छु फूलैफूलैको वसन्त भेट्छु एउटा असीम तृप्ति तिम्रो स्निग्ध प्रेमको ..! (२) विश्वास दुख्छ जीवन अनायास विश्वास मरेपछि रुन्छ मन भक्कानिएर आँसु झरेपछि समय पराग भर्दैछ पूmलबाट पराग झरेपछि । (३) इच्छा कति बेग्लै लाग्छ कति आत्मीय लाग्छ तिम्रो प्रेमिल बिम्ब आफ्नो मनदेखि आफैसँग अनवरत बग्दै यो पीडाको बस्तीबाट अलग्गिएर छुट्टै कतै तिम्रा कोमल मनभित्र बसाईँ सरुँ झैं लाग्छ ।। बनेपा न. पा.- ५ काभ्रे । (-शारदा घिमिरेका लघु कविताहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - ०८:५२:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend