Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्वाँख नउम्रिदासम्म मात्र तिम्रा हुन् ती बचेरा पनि - निलान्जला भार्द्धाज (५ मुक्तकहरू)

प्वाँख नउम्रिदासम्म मात्र तिम्रा हुन् ती बचेरा पनि - निलान्जला भार्द्धाज (५ मुक्तकहरू)

सतीश चापागाईं

५, आषाढ २०७६
images
मुक्तक -१ भलै होस् यो भ्रम सहि, यहि सपना चुनिरहुँ जस्तो भावनाको संसारमा, अर्को भावना बुँनिरहुँ जस्तो यस्तो लाग्यो कथा तिमी, मिठो कविता पनि तिमी तिम्रै आँखा पढिरहुँ, मात्र तिमीलाई सुनिरहुँ जस्तो । मुक्तक - २ नशा होस् या पिरती उस्तै उस्तै हो जानी राख्नु उपदेश र औषधी उस्तै उस्तै हो जानी राख्नु र त बग्छाैँ भेलसँगै पापी समयको खेलसँगै नदि र यो जिन्दगी उस्तै उस्तै हो जानी राख्नू । मुक्तक -३ बाँध बन्धन या जति फैलाऊ ममताको चौघेरा पनि दुर गए भुर्रर उडेर बर्षाैँ पहिले अरूका झैँ मेरा पनि आज एक्लो गुँडले मेरो फुर्तिलाई झस्काउँदै भन्यो प्वाँख नउम्रिदासम्म मात्र तिम्रा हुन् ती बचेरा पनि । मुक्तक -४ यो दिनले साथ छोडे पनि रातमा तारा भेटिएला कतै त आशा टेको लगाउने सहारा भेटिएला कति दिन बगाउलास् जिन्दगी समयको भेलसँगै कुनै दिन त उत्रिने पक्कै त्यो किनारा भेटिएला । मुक्तक -५ पीडा लुकाएर हर्षिलो केही चुरिफुरी राखिदिनू बहानामा पत्यार लाग्दो एउटा मजबूरी राखिदिनू हर सम्बन्धको अन्त्य भन्छन् धेरै बातचित पनि जीवन्त राख्न सम्बन्ध अलिकति दूरी राखिदिनु । काठमाण्डौं, नेपाल । ( - निलान्जला भार्द्धाजका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - २१:४८:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend