Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

काम (कविता) - शंकर ढकाल

काम (कविता) - शंकर ढकाल

सतीश चापागाईं

५, आषाढ २०७६
images
  पाेखूँ रक्त म गण्डकीसित मिली ढुङ्गा पगाल्ने गरी पानामा अब हैन काव्य कविता लेखूँ सिमानाभरि । देखाऊँ बल भीम राष्ट्र खुकुरी सम्पन्न छाती चिरी उन्यू फुल्छ कि सूर्य डुल्छ शिरमा चम्किन्छ धाैलागिरि ।।१।। बेचूँ साँझबिहान रक्त वनमा यी पाखुराका बल स्वप्नामा पनि पूजनीय हरियाे देखूँ म जन्मस्थल । बत्तीकाे छ जहान तेल-झरना पियूष माटाे तल काेरूँ एक सलाइ निश्चय गरी नेपाल हाेस् उज्ज्वल ।।२।। माटाेदेखि गरूँ म पूर्वजनकाे उत्कृष्ट मूल्याङ्कन मेराे पूर्ण शरीर मीष्ठ सपना याे देशकै हाेस् धन । बाह्रै मास स्वयम् चलाउँन सकूँ विज्ञानकाे साधन पाऊँ देख्न विशाल उर्वर सफा नेपालकाे अाँगन ।।३।। अाफैँ कर्मठ भै गरूँ उदरमा पीयूषकाे उब्जनी ढुङ्गामाथि मसी दलेर अहिल्यै लेखूँ नयाँ जीवनी । पानी मात्र पिऊँ म वृद्ध तनले खाना नखाए पनि राखूँ माथ उठाइ पर्व सुकिलाे झण्डा सिमाना धनी ।।४।। साथी हुन् नर हैन सत्यपथमा ढुङ्गा र माटाे बरु छाेप्दै घाम नयाँनयाँ पथ हिडून् गम्भीर खुट्टाहरू । राखाेस् याद गरी हिमाल जगले सङ्कल्प यस्ताे गरूँ मेरा कर्महरू कठाेर श्रमले पूरा गरेरै मरूँ ।।५।। - तानसेन न। पा।-७ काजीपाैवा, पाल्पा हाल : अमरकंटक, मध्य प्रदेश, भारत । ( शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - २१:५१:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend