Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शारदा घिमिरे भैलका केही लघु कविताहरू

शारदा घिमिरे भैलका केही लघु कविताहरू

सतीश चापागाईं

५, आषाढ २०७६
images
    (१) यात्रा आँखाका हरेक उदास सपना आँसुको झरीले पखालेकी छु कर्कलाको पातमाथि पानी झैं एउटा साहसी यात्रा थालेकी छु चाहिन्न मलाई सहानुभूति चाहिन्न मलाई दया अचेल शिशिरले डसेको बगैंचामा वसन्तको पालुवा हालेको छु । ००० (२) विश्वास दुख्छ जीवन अनायास विश्वास मरेपछि रुन्छ मन भक्कानिएर आँसु झरेपछि समय पराग भर्दैछ फूलबाट पराग झरेपछि । ००० (३) चाँदनी मलाई चाँदनी बनाएर तिमी अँध्यारो रात बन्यौ मेरो बगर जिन्दगीमा शीतल बर्सात बन्यौ तिम्रो स्नेहको छहारीमा बाँचेकी छे चाँदनी काँडाबीचको फूल बनी हाँसेकी छे चाँदनी । ००० बनेपा - ५, काभ्रे । ( - शारदा घिमिरे भैलका यी लघु कविताहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - २२:०५:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend