५, आषाढ २०७६
असक्षम प्रहरमा पनि
अात्मीयताकाे चरम सुखले
सारा दु:ख पीडाहरू
स्वत:विनियाेजन हुँदारहेछन्,
अप्राप्य अाश पुन:टुसाई
लतासरी लहराउने कल्पनामा
उन्मादित शिरा धमनीहरू
नसा नसामा सिञ्चितकाे अागमन
मस्तिष्कले प्रत्याभूति गर्दाेरहेछ,
अनुगमन परिबन्धनकाे याे मन
उदास हुनु त परै जाअाेस्
प्रफुल्लताकाे पंख फिजाई
साैहार्दताकाे गाेरेटाेमा
वायुपंखी विमानमा सवार भई
मनन सुखद अनुभूति प्राप्ति
खुशीका परिकल्पनामा विलय,
अाउन त अाउँछन् जीवनमा
अाँधीबेरी, टाेर्न्याडाे समेत
प्रकृतिक प्रकाेप झैं
अान्दाेलित हुन्छन् हृदय
असह्य पीडा र वेदनाले
अत्तालिन्छन् उत्कट चाहनाहरू
मडारिन्छन् बादल झैं उद्देलित मन,
कर्म र भाग्यकाे घम्साघम्सीकाे
माेहीलाई माथेर प्राप्य नाैनी झैं जीवन
सहज सुखद नाैनी अप्राप्य छ र नि
निर्मल पवित्र पाैरख एक पटक
मदानीमा घिसिनै पर्छ
सक्दाे नाैनी सुखकाे अाशमा
मेहनत ठेकीमा नृत्य गरिरहनुपर्छ,
सफलता एक चिठ्ठासरी
कर्म र भाग्यकाे मन्थनमा
अमूल्य अमृत मिल्न पनि सक्छ
हाे !कतिपयकाे जति घाेटिए पनि
परिस्थिती अनुकुल हुँदैन
भिन्नता अाकाश र जमीनकाे,
अाफ्नै भाग्यलाई दाेषी
ठानिन्छ सर्वहारी दुःखित मन
कसैकाे सायद लेखेकै
हुन्छ घाेट्टिई खानु पर्ने
उचाल्नु पर्ने सदा घन,
भाग्यमा छ भन्दैमा
'डाेकामा दूध दुहेर अट्दैन'
लिएर अाएकाे भाग्य
कर्ममा समायाेजन जरुरी
कर्म नगरी फल्दैन स्वयम।
- ललितपुर, भैंशेपाटी
हाल : परदेश
( -शर्मिला श्रेष्ठको यो कविताहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार -
२२:०९:०६ बजे