Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

धनी गरीब सबैमा समानता हुनुपर्यो ।" - मोहन खड्का " प्यासी" (५ मुक्तकहरू)

धनी गरीब सबैमा समानता हुनुपर्यो ।" - मोहन खड्का " प्यासी" (५ मुक्तकहरू)

सतीश चापागाईं

६, आषाढ २०७६
images
  मुक्तक -१ युवालाई हरियो पासपोर्ट थमाउँछन् यिनीहरू देश लुटी अकूत सम्पत्ति कमाउँछन् यिनीहरू प्रत्येक जनताको टाउकोमा ॠणको भारी बोकाएर हरेक साँझ ह्वीस्की र ब्राण्डीमा रमाउँछन् यिनीहरू । मुक्तक -२ मैले पनि मुस्कुराउन न खोजेको कहाँ हो र ? दु:खलाई दूर भगाउन न खोजेको कहाँ हो र ? कर्म नै खोटो भएपछि के नै पो लाग्दो रहेछ र सफलता पनि पाउन न खोजेको कहाँ हो र ? । मुक्तक -३ घामलाई बिर्सिएर सबै जून-तारा खोज्छन् सेती नदि बगी रा'छ सबै फेवारारा खोज्छन् मनलाई पीडा दिई आजभोली मान्छेहरू खुशी कहाँ छ भनी दुनियाँ सारा खोज्छन् । मुक्तक -४ कहीँ खडेरीमा छ त कहीँ सिमसारमा जिन्दगी कही बिरहमा छ त कही मिठो प्यारमा जिन्दगी समयको गतिसँगै हुइकिनु पर्छ यहाँ सबैलाई कहीं पतझडमा छ त कहीँ बहारमा जिन्दगी । मुक्तक -५ सबै जातजातिमा एकरुपता हुनुपर्यो महिला पुरुष दुबैमा हार्दिकता हुनु पर्यो अनि मात्र विकासले फड्को मार्छ हजुर धनी गरीब सबैमा समानता हुनुपर्यो । - महालक्ष्मी नगरपालिका -४ चानुवा नम्फु धनकुटा । हाल : किर्तीपुर नयाँ बजार ( -मोहन खड्का "प्यासी"का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ६, २०७६ शुक्रवार - १६:१०:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend