Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

गजल -ज्ञानु न्यौपाने

गजल -ज्ञानु न्यौपाने

सतीश चापागाईं

८, आषाढ २०७६
images
अचेल मायाका सस्ता बजार देखिन्छन् । स्वार्थभित्र लिप्त प्यार देखिन्छन् ।। आफै पाए सबै कुरा ठिक भन्नेहरू । खुशी मिल्दा-मिल्दै हतार देखिन्छन् ।। लेखाजोखा नाफा-घाटा हिसाब गरिकन मन बदल्दै जाने विचार देखिन्छन् ।। मनमा हुन्छ साँचो माया केही स्वार्थबिना । स्वार्थ छोडे माया अपार देखिन्छन् ।। बगनासकाली -३ पाल्पा । (- ज्ञानु न्यौपानेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ८, २०७६ आइतवार - ११:१९:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend