८, आषाढ २०७६
मुक्तक -१
जब झरी पर्छ अनि, छाताको खोजी हुँदो रैछ
पुस्तक जोगाइ राख्न, गाताको खोजी हुँदो रैछ
आफू सुखी सप्पन्न हुँदा कोही चिन्दैन समाजले
दु:ख परेपछि मात्र यहाँ, नाताको खोजी हुँदो रैछ
मुक्तक -२
म रूदा हेरि बस्छन् बरू, कोही देखिन
पिडामा साथ दिनेहरू, कोही देखिन
स्वार्थी छ दुनियाँ अनि निर्दयी छन् सबै
आमा-बा झैं दायालु अरू, कोही देखिन ।
मुक्तक -३
चुहिने छ घरको छानो टाल्नु पर्छ मैले
रोगी छन् बा-आमा पनि पाल्नु पर्छ मैले
गरिबीले हो घरमा चुलो बल्न छोडेको
निभेको त्यो घरको चुलो बाल्नु पर्छ मैले ।
मुक्तक -४
कहिले चाँडैं अनि कहिले, ढिला बुझ्न सकिएन
मलाई मात्र रुवाउने दैवको, लीला बुझ्न सकिएन
सायद मेरो भाग्य मै खोट र त रून मात्र पर्छ सधै
किन सधैभरि मेरै दिलमा, किला बुझ्न सकिएन ।
मुक्तक -५
चितामाथी मेरो सब, बलिरहँदा के गर्छौ र सानी
अनि तिमी बस्ने दिल, जलिरहँदा के गर्छौ र सानी
पोस्टमार्टम गर्दा यो मुटुभित्र तिम्रै तस्विर देखेपछि
अनि अदालतमा मुद्दा, चलिरहँदा के गर्छौ र सानी
बनेपा न. पा. -२, काभ्रे ।
( - विजय घिमिरे 'विफल'को यो मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )
प्रकाशित मिति :आषाढ ८, २०७६ आइतवार -
१२:३२:२९ बजे