Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अब छाडी दिए हुन्छ हजुरहरूले (कविता) - मनोज सिलवाल

अब छाडी दिए हुन्छ हजुरहरूले (कविता) - मनोज सिलवाल

सतीश चापागाईं

९, आषाढ २०७६
images
अब छाडी दिए हुन्छ हजुरहरूले एकजोर सुकिलो लुगा लगाउन र नाकमुनी एक थान जुँगा उमार्न पुरुषहरुले; अनि जोर चुल्ठी मुसार्न नारीहरुले !! किनभने :- कृषि प्रधान देश भन्छन् तर हामी दाल-भात तरकारी आयात गर्छौ कसले भन्छ नेपालको ठूलो व्यापार घाटा छ ? कम भयो होला हजुर जुट चामल चियापत्ति पारि पठाउन तर घाटा सन्तुलन गर्न व्यापारमा हामी महङ्गा महङ्गा दाममा तरूनी छोरी-बुहारी निर्यात गर्छौ त पुरै संसारमा ! युरोप अमेरिकामा नफैलिएर के भो ? हाम्रो व्यापार एसियादेखि अफ्रिकासम्म मौलाएको छ त्यसैको मातले त होला नि बिचरा हाम्रो प्रजातन्त्र बौलाएको छ !! यता अधिकारकर्मिहरू मण्डलामा घाँटी सुक्ने गरी चिच्याउँदै हुन्छन् उता दलालहरू अरब, अफ्रिकाका डान्स-बारमा नाङ्गा चेलीहरू घिच्याउँदै हुन्छन्; अब पुगेन र हजुर खोक्रो बखान गर्न भृकुटी, सीता र पासाङ्गको ताल-तलाउ र हिमालयको दाजु-भाईहरूलाई चेलीबेटीहरू तिहार र तीजमा भेट्ने रहर भए भ्रमण गरे हुन्छ कमाठिपुराका वेश्यालयको ! भेटिएलान् कतै भदै-भतिजी, कतै भान्जी कतै बहिनी, छोरी, कतै सालीहरू अनि छेउ-छाउमै भेटिएलान् कतै दौरा-सुरुवाल र चौबन्दी-फरियामा सजिएका जाली फटाहा र कोठीवालीहरू !! बिचरा बाउको ओठ मुख सुकेको छ आमाको दुध स्तनमै लुकेको छ, आजका दिन इतिहासको यो दोसाँधमा रुमलिंदै गर्दा नेताहरूले संविधान दिवसमा गडगडाएर ताली पड्काउँदै गर्दा राष्ट्रिय ध्वजा आधा हैन पुरै झुकेको छ नेपाली, नेपाली हुनबाट पटक-पटक बार-बार चुकेको छ ! त्यसैले अब छाडी दिए हुन्छ गोर्खालीको वीर-गाथा गन्न मेरो प्यारो रारा र सगरमाथा भन्न बरु मालिक-मालिकनीहरू हजुरहरू व्यस्त हुनु भए हुन्छ विदेशी बैंकमा स्त्री-धन थुपार्न; अनि छाडी दिए हुन्छ नारी र पुरुषले एकजोर सुकिलो लुगाको कात्रो लगाएर टाउकोमा जोर चुल्ठी र नाकमुनी एक थान घोप्टे जुँगा मुसार्न !! पारी भञ्ज्याङ्गमा पुराण भन्दै गरेका पण्डित बा उत्तेजित भएर कुर्लिन्छन् ... “यत्र पुज्यन्ति नारी रमन्ते तत्र देवता” Isn’t it a wonderful joke? इस जोक पे हंसना चाहिये की रोना चाहिये ? कुछ भी मत किजियेगा जनाब सब ठिक ठाक है, देश जाये भाड में आप तो बस खा पी के आराम से गहरी नींद सो जाइये !! * समाप्त * - गोदावरी-३, ललितपुर ( - मनोज सिलवालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - ०९:३५:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend