Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

शारदा घिमिरे भैलका केही लघु कविताहरू

शारदा घिमिरे भैलका केही लघु कविताहरू

सतीश चापागाईं

९, आषाढ २०७६
images
  (१) चाँदनी मलाई चाँदनी बनाएर तिमी अँध्यारो रात बन्यौ मेरो बगर जिन्दगीमा शीतल बर्सात बन्यौ तिम्रो स्नेहको छहारीमा बाँचेकी छे चाँदनी काँडाबीचको फूल बनी हाँसेकी छे चाँदनी । ००० (२) जीत रुन्न अब आँसु शीत बनेको छ सपनाहरु अचेल प्रीत बनेको छ तिम्रो साथ पाएपछि हार पनि जीत बनेको छ । ००० (३) लज्जावती मनभरि ढकमक्क लालीगुँरास फुलेको छ अलिकति गुराँससँग अलिकति सूर्यमुखीसँग लाली सापट मागेर एउटा बेग्लै लालिमा लिएर आउँदैछे तिम्री लज्जावती जीवनको गहिरो समुद्रबाट घटघटी खुसीको अमृत पिएर सपनाको आँगनमा रमाउँदैछे तिम्री लज्जावती अँध्यारो बस्तीमा अलिकति उज्यालो दिन मैनबत्ती झैं तप्प तप्प पग्लिएर समयको चौतारीबाट एकाएक हराउँदैछे तिम्री लज्जावती हिलोमा फुलेको कमलझैं आकाशमा हाँसेको जूनझैं मनभरि विजयी धुन भर्दै आल्हादित हँुदै एउटा जीवन्त गीत गाउँदै छे तिम्री लज्जावती । उजाड र निरव मरुभूमिमा बाँकी छ फुल्न बुकीहरू बाँकी छ फुल्न सुनाखरीहरू संघर्ष गर्दै शिशिरसँग अचेल नयाँ वसन्त पर्खेर समयका कोमल स्पर्शसँगै लजाउँदै छे तिम्री लज्जावती । बनेपा न. पा.- ५ काभ्रे । ( -शारदा घिमिरे भैलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - ०९:३८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend