Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

क्षणहरू (कविता) - शर्मिला श्रेष्ठ

क्षणहरू (कविता) - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

९, आषाढ २०७६
images
  तिम्राे अागमनकाे अाशमा पुलकित तृष्णाका दृष्ट्री परेली झिम्कन अटेरी टट्टाएर पाेलेका नयनहरु अनायास रसाउँन वाध्य, रसिला नजरमा थिएँ तिम्रै प्रतिमूर्तिका चाहना पारदर्शी तस्विर तिम्रै धुमील अाँशुका थाेपाहरू टक्राउँथे बिजुली चम्के झैं लाग्छ बर्षिन्छ खडेरी परेका नयनमा अाँश दाेहाेरिरहन्छ भिकारी झैं तिम्रा साैहार्दताका हातहरूले पुछिनेछन् वर्षेका विन्दुहरू ढाडसका ती शव्दहरू ! पुर्वानुभूतिका उमङ्गहरू माैलाई सकेका प्रेमाभूति असमयमै , हडबडीमा मुर्झाउँला भन्ने अपत्यारिलाे अविस्वासिलाे, असह्य क्षण सायद बज्रपात समय पुनर्मिलनकाे अाशमा तिक्तता एकाेहाेराे समर्पण बुझाईका कमजाेरीहरू धिक्कार्न अातुर असफलताका क्षण विपरित अनुभूति । - ललितपुर,भैंसेपाटी हाल : परदेश । ( -शर्मिला श्रेष्ठको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - ०९:४२:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend