Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -भाष्कर रावल 'प्रेमी'

गजल -भाष्कर रावल 'प्रेमी'

सतीश चापागाईं

९, आषाढ २०७६
images
  कहिले प्यारो हेर्नुस् , कहिले अप्ट्यारो भइदिने रहेछ काम लागुन्जेल मात्रै हो गरिब आफ्नो भइदिने रहेछ । सबैको दु:खमा जो बढी काम लाग्छ उनै हेर्नुस् यहाँ चाहिँदाको भाँडो, नजाहिँदाको ठाँडो भइदिने रहेछ । केही गर्नु अघि समयमै विचार पुर्याउन नसक्दा फेरि सानो गल्तीले पनि जिन्दगीभर पछुतो भइदिने रहेछ । आफ्नो स्वार्थ पूरा गर्नको निम्ति जो पनि यहाँ हेर्नुस् भित्र बाङ्गो देख्दालाई बाहिर सोझो भइदिने रहेछ । संसार छोडी जानेको यादमा तड्पिएर जिउनु पर्दा सम्झनाको लागि उपहार भनेको फोटो भइदिने रहेछ । पाणिनी गा.पा -२ अर्घाखाँची ( भाष्कर रावल 'प्रेमी' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - १०:३९:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend