Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सहयोग देखावटी हैन निस्वार्थ भावनाको पो हुनुपर्छ - निरु कोइराला

सहयोग देखावटी हैन निस्वार्थ भावनाको पो हुनुपर्छ - निरु कोइराला

सतीश चापागाईं

९, आषाढ २०७६
images
  मुक्तक -१ निभाउन सकेनौ कर्तव्य अाफ्नोपनको कुरा नगर भो अनि फेरि तिम्रो त्यो ठूलो घर र धनको कुरा नगर भो सहयोग देखावटी हैन निस्वार्थ भावनाको पो हुनुपर्छ जस्को दिल पत्थर झै छ कोमल मनको कुरा नगर भो । मुक्तक -२ ‌ मलाई याद छ अन्तिम पल्ट भेटेर गएको यही मुटु हो वचनको धारले रेटेर गएको बिर्सनै सकिएन अतीत बनेर बिझाई रह्यो मायाको नाम निसानै उनले मेटेर गएको । मुक्तक -३ यहाँ बोल्न सकेरै मैले पिठो बिकाएको हुँ गरि खान लाज मान्नु हुन्न भनी सिकाएको हुँ हिजो एउटा निर्दोषलाई कारागारमा थुनियो वास्ता गरेनन् कसैले म गएर झिकाएको हुँ । मुक्तक -४ राम्रोलाई श्याबास र ताली बर्सियोस् नराम्रोलाई जे पर्ला गाली बर्सियोस् खेती गरी गुजारा चलाउने किसानलाई कुट्टो कोदालो हलो र फाली बर्सियोस् । मुक्तक -५ दिलमा सजाउँदै चोखो माया लाएपछि पो थाहा हुन्छ भीरमा फलेको अंगुर कस्तो खाएपछि पो थाहा हुन्छ यो मनमा कति उमङ्ग र दिल हलचल हुन्छ भन्ने कुरा बर्षौसम्म प्रेम गरेको प्रेमीलाई पाएपछि पो थाहा हुन्छ । काभ्रे हाल : कपन । ( - निरु कोइरालाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ) 

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - ११:००:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend