Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बगर (कविता) -बिनोद सेन 'पाल्पाली'

बगर (कविता) -बिनोद सेन 'पाल्पाली'

सतीश चापागाईं

९, आषाढ २०७६
images
  संघर्षको पिरामिडमा पसिनाहरुको हिमपात बुंद बुंद मिलेर आहाल बनी चुर्लुम्म डुबाइकन जिन्दगीलाई न घरको न घाटको बनाई दिएको पनि जुगौं भैसक्यो पिडीको आंकुसे खम्बामा झुण्ड्याइएको बुबाको लाहुरे रेडियोमा ९४ दशमलब १ मेघाहर्ज एफ. एम. पाल्पामा सुमधुर गुन्जिरहेको गीत सकिएको हुँदैन 'जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो..' बाल्यकाल, शैशवकाल, यौवनकाल तीन काल निर्वाध पूरा गरिसकेको यात्री अनिश्चित गन्तव्यको सफर कुन कालसम्म पुगेर विश्राम लिने हो स्वयंलाई थाहा हुँदैन बस निरन्तर बगिरहन्छ इन्द्रावतीको शैलीमा हिजो जे थिएन त्यसैको खोजीमा आज जे छ हिजोको याद पलहरुको साहारामा यात्रारत बाढी पहिरो नचल्ने होइन मनमा असीम महत्त्वकांक्षी, आकांक्षा अभिलाषाहरुको एक बथान सेता भुतहरू मडारिदिन्छ बादल बनी आकाशगङ्गामा बिस्तारै बिस्तारै टकराव आउँछ एक आपसमा न त एम्पायर हुन्छ न हुन्छ लाइन्समेन न नम्बर गन्नेवाला न प्रायोजक न प्रतिस्पर्धी नै अनौठो खेल गड्याङ्गगुडुङ्ग बसाई दिन्छ झरी कालो अँध्यारो मुस्लो बर्षातले सेता प्रसादहरू खसाइदिन्छ गुन्जायमान हुन्छ चौतर्फी थर्कमान हुन्छ्न् सल्लेरी बनका सुसाउने पातहरू नजिक नजिक सर्दै केराका पात हुँदै मकैका पातहरू चिच्याउन थाल्छ्न् कराउन थाल्छन् हुँदा-हुँदा आँखै अगाडी धुरूधुरू रोइदिन्छ बलेनी एकछिन टिलपिल टिलपिल तहलिन नखोजेको होइन आगनीमा आफ्नो क्षमताले अड्याउन नसकेर करेसा, खलेनी, बाटाघाटा हुँदै एकैछिन अगाडी शान्त सौम्य खोला खहरेमा परिणत भैदिन्छ तिनै खहरेमा बग्दै अजङ्गका दर्शन ढुङ्गा चिल्ला ढुङ्गा गोलो ढुङ्गा चेप्टो ढुङ्गाहरुमा ठोक्किदै टुट्दै फुट्दै अन्तत: बगरमा फ्याँकिएको छ मन फ्याँकिएको छ मन । अस्तु रामपुर - ५ मटेरी, पाल्पा । हाल : यु ए ई अबुधावी । ८ असार,२०७६ (- बिनोद सेन 'पाल्पाली'को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ९, २०७६ सोमवार - ११:३०:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend