Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अर्को महायुद्ध (कविता) - शारदा घिमिरे भैल

अर्को महायुद्ध (कविता) - शारदा घिमिरे भैल

सतीश चापागाईं

१०, आषाढ २०७६
images
अाज लड्दैछु म अाफ्नै जीवनसँग यसरी जीवित भ्रमसँग र भ्रमको चक्रव्यूहमा जकडिएको अाफ्नै यो मनसँग... नबिथोलिदिनु मेरो माैनता शून्यतामा बिलाएको बेला युगौंदेखि संरक्षित कालो गुफाभित्र असमनता र अाशङ्काको चिहान खोतलेको बेला लड्न देऊ मलाई अनवरत.. रोक्दै नरोक लड्न देऊ मलाई यात्रा थाक्दैन मेरा, कुल्चेर काँडाहरू रक्ताम्य पाइतालाले थोपा थोपा पसिना र अाँसुको हिसाब छ मसँग.... छाउदेखिका असङ्ख्य घाउहरूमा बल्झिएकीछु म सृष्टिको गुँडलाई नाङ्गो पारी च्यातिएको पछ्याैरीमा अल्झिएकीछु म......! मेरो युद्धको शङ्खघोष सुन्याै हैन ? अनन्तकालदेखि हालसम्म अन्त्य नभएको महायुद्ध अन्त्य गर्नका लागि अब अर्को अन्तिम भीषण युद्ध अाज लड्दैछु म....!! - बनेपा न. पा .- ५ काभ्रे । (- शारदा घिमिरे भैलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १०, २०७६ मंगलवार - १८:४७:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend