मेरी आमाले होली मनाएको कहिल्यै देख्न पाइन दिदी रातो रङ्ग देखेपछि डराउँछिन् बैनी चुल्बुले छे रहर गर्छे दिदीले हकार्छिन् दाइ राष्ट्रको सेवा गर्दा गर्दै शहीद बन्यो एउटा भाइलाई क्रान्तिले रगतको आहालमा डुबायो म डिप्रेसनमा छु जहिले म बहिनी जस्तै चुल्बुले थिएँ रङ्ग किन्ने पैसा थिएन आफूले अरूलाई नलगाई अरुले आफूलाई लगाउने कुरै भएन निकै रहर लाग्थ्यो बाटोमा पोखिएका रङ्ग दलेर फागुको मेख मारेकै हुँ अहिले रङ्ग किन्ने सामर्थ्य छ तर उमङ्ग छैन औपचारिकताका साथी प्रसस्तै छ्न् तर स्वजन छैनन् बधाई दिने छ्न् आशिर्वाद दिने छैनन् मान्छे छन् तर मानवता भेट्दिन हो त्यही रातो क्रान्तिले मेरा स्वजन गुमाएँ स्वजनबिनाको उत्सव सम्भव नै छैन त्यसैले सरकार ! यो रङ्गको पर्व खारेज गर । - पोखरा म. न. पा. -११ काहुँ , गण्डकी प्रदेश । (- भरत आचार्यको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )