Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - बिनोद सेन 'पाल्पाली'

गजल - बिनोद सेन 'पाल्पाली'

सतीश चापागाईं

१०, आषाढ २०७६
images
  पहाड किन नहोस जन्मघर माटो प्यारो लाग्छ बिकट किन नहोस आफ्नै पाखो प्यारो लाग्छ ठूला-ठूला शहरका इमारत चाहिदैन खुसी हुन सानो सानो घामपानी छेक्ने छानो प्यारो लाग्छ कृत्रिम बस्तुले क्षणिक चहलपहल ल्याउला भलै आर्ग्यानिक नै, आधुनिकताको साटो प्यारो लाग्छ कयौं लेखियो आत्मकथा कुनै सग्लो बन्न सकेन समयले धूजा पारी च्यातिएकै पानो प्यारो लाग्छ देखियो विदेशका आफ्नै गाथा बोकेका निसानी चन्द्र र सूर्य अङ्कित झण्डा सारो प्यारो लाग्छ । रामपुर - ५ मटेरी, पाल्पा । हाल : यु ए ई अबुधावी । (- बिनोद सेन 'पाल्पाली'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १०, २०७६ मंगलवार - १८:५९:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend