Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एक तूफान (कविता) -शोभी लोरुङ

एक तूफान (कविता) -शोभी लोरुङ

सतीश चापागाईं

१०, आषाढ २०७६
images
  जिन्दगीको यात्रा कति सुन्दर थियो जहाँ जहाँ जुनै पल केवल सुखको आभास बस एक तुफान बीच सम्पुर्ण अस्तित्व नै छ्ताछुल्ल केवल सबै लाग्नु थाल्यो बिरानो । जिन्दगीमा उतार चढाव त भोग्नु नै थियो त्यो कालो तूफानले कति चुट्यो गर्दैछु जिउने प्रयास अघिसम्म झरझराउदो जिन्दगी बनाइ दियो लथालिङ्ग रातको अँध्यारोमा भिजाइ रहेछु सिरानो । जिन्दगीको यात्रामा परेको तूफान पर्नेलाई मात्रै थाहा थियोे कति जोरले आइदियो केही सोच्नु नसकिने तहस धेरै दिन त मुटु नै मन्द चलिदियो कम ढुकढुककाउँदै यस्तो बेला कहिले पाएन साँचो सहारा । कस्तो रफ्तारले आएको जिन्दगीमा तूफान कस्तो थियो अहिलेसम्म लक्ष्यबीच धाउनु धेरै टाढा हुँदैछ महसुश बिस्तारै हिँड्ने कोशिश गर्दैछु लरबराउँदै कुनै दिन त मिल्नेछ किनारा ।। – मिरिक बजार, दार्जिलिङ भारत । (-शोभी लोरुङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १०, २०७६ मंगलवार - १९:०५:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend