Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुक्तककार सरु बस्नेतका ५ चोटिला मुक्तकहरू

मुक्तककार सरु बस्नेतका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

११, आषाढ २०७६
images
  मुक्तक - १ (लोकलय छन्दमा ) मधुर बोली, बोले के जान्छ, झर्केर हुँदैन हाँसेरै बोल, एकै वचन, तर्केर हुँदैन मरेर लानु, आखिर के छ, रित्तो भै जाने हो नहान तीर, मुटुमा बिझ्छ, चर्केर हुँदैन । मुक्तक - २ (भुजङ्गप्रयात) दुरुस्तै उही चाल बोल्ने बनायो बढ्यो याद तड्पेर पोल्ने बनायो बसौँ साथ भन्दै म रोएँ कराएँ उही ढङ्ग वाचा बिथोल्ने बनायो । मुक्तक -३ कति बाँच्ने अब मर्नु पनि रहर भयो म बाँच्दा कतिलाई कति असर भयो अचम्म लाग्छ यो स्वार्थी दुनियाँदेखी कोही मर्दा कसैलाई ठूलो अफर भयो । मुक्तक -४ न ठूलो सपना देख्छु न महल देख्छु जहाँसुकै आफूलाई असफल देख्छु मसिना झिना सपना बोकेर हिँडेकी स्वयं म मरेको सपना पलपल देख्छु । मुक्तक -५ दोषीमाथि कारवाही गर्ने अदालत बनोस् यहाँ खोज पत्रकारिता गर्ने आदत बनोस् किन हुँदैछ दिनदहाडै बलात्कार नारीको नारीको अस्मिता राष्ट्रिय इज्जत बनोस् । निजगढ बारा । (-सरु बस्नेतका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ११, २०७६ बुधवार - १९:२०:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend