Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लाग्दैछ वर्षा किन ? ( कविता) - शंकर ढकाल

लाग्दैछ वर्षा किन ? ( कविता) - शंकर ढकाल

सतीश चापागाईं

११, आषाढ २०७६
images
    (छन्द : इन्द्रवंशा) हावा भयाे मन्द सुके घनावन क्वैलीहरू गीत भुले सुनाउन । छाड्याे उज्यालाे दिन सूर्य ल्याउन बढ्दै गयाे कल्मष जीर्ण जीवन ।।१।। देखिन्न सम्पत्ति र भूमि अब्बल लागेन ऐले पनि वृक्षमा फल । पानी छ राताे गिरि छैन उज्ज्वल हामी सबैकाे कमजाेर भाे बल ।।२।। बाढी र पैह्राे कति गर्छ शासन अज्ञानकाे कारण बिग्रिँदा मन । कुन्ती रुँदैछिन् धुरुरू गई वन भन्छिन् दशा राेक्न सकेन अर्जुन ।।३।। केही गरी खान दिएन राम्ररी निद्रा नलाग्दा अति दूर छिन् परी । मिल्दैन अानन्द खुसी अजम्मरी एक्कासि पर्दा दिनरात झरी ।।४।। बढ्दै गयाे काम र साहुकाे रिन थाल्दैछ सन्मार्ग समेत चिप्लिन बाेकेर यस्ताे विकराल दुर्दिन लाग्दैछ बर्षा प्रभु इन्द्रजी किन ।।५।। तानसेन न. पा. -७ काजीपाैवा, पाल्पा हाल : गुजरात, भारत । (- शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ११, २०७६ बुधवार - १९:४९:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend