Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल -कमल हिलोमा गुराँस भिरमा हुन्छ

गजल -कमल हिलोमा गुराँस भिरमा हुन्छ

सतीश चापागाईं

१३, आषाढ २०७६
images
  कमल हिलोमा गुराँस भिरमा हुन्छ । पाउनु र गुमाउनु तक्दिरमा हुन्छ ।। पहिले भरोसा दिएर नै हो तिमीले । म छु भन्यौ र त मन स्थिरमा हुन्छ ।। जब तिम्रो यादमा बहकिन थाल्छु । काखमा सिरानी मन पिरमा हुन्छ ।। तिमीलाई नपाउने कल्पना गर्दा त । यो ज्यान त्रिशूलीको तिरमा हुन्छ ।। साँच्चै तिमीले धोखा दियौ भने हेर । खरानी घसेर ज्यान मन्दिरमा हुन्छ ।। प्रदेशको रमझममा भल्यौ भने तिमी । यो दुर्गा त घनघस्याको भिरमा हुन्छ ।। मेरो लाशलाई तिमीले नाङ्गो बनाइ हेर्नू । घाती मायालुको नाम शरिरमा हुन्छ ।। यदि बाँचिहाल्यो भने पागलप्रेमी दुर्गा । पागलखानामा केवल जन्जिरमा हुन्छ ।। सुनवल -५ हर्दिया चापी नवलपरासी, सुस्ता पश्चिम । (- ✍️दुर्गा पौडेल क्षेत्रीको यो गजल ताङ्काहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १३, २०७६ शुक्रवार - १६:३४:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend