Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नैतिकताको पाठ घोक्ने कसले हो - शारदा घिमिरे भैल (५ मुक्तकहरू)

नैतिकताको पाठ घोक्ने कसले हो - शारदा घिमिरे भैल (५ मुक्तकहरू)

सतीश चापागाईं

१३, आषाढ २०७६
images
  मुक्तक -१ षड्यन्त्रको खेल रोक्ने कसले हो काँधमा राखी देश बोक्ने कसले हो धेरैले खोक्रो नारा मात्र लगाएर गए नैतिकताको पाठ घोक्ने कसले हो ?? मुक्तक -२ प्राण बचाउन चाहिने रहेछ दाना उडाएर लग्यो घर माथिको छाना भोक प्यास सबैलाई उस्तै नै लाग्ने ठूला उडेर कहाँ गए बिचल्ली साना । मुक्तक -३ सोच्थे देशले एक इमान्दार पायो बनेर यहाँ एक कलाकार अायो नेपाली अब चुपचाप नबस्नु हेर.. निर्धोको सबैँ यहाँ बारीटार खायो । मुक्तक -४ जसलाई जे मन लाग्छ भने हुन्छ बोल्नेको कसले गएर मुख थुन्छ भकुण्डो हावाबिना उफ्रियो कसरी ? अाफ्नै बुद्धिले एकदिन धुरुधुरु रुन्छ । मुक्तक -५ तिम्रो एक गुनले सबै बैगुन भुल्नु छ मैले धेरै अरुको सुन्यौ तिमीसँग खुल्नु छ मैले यी बादल ,पागल भर हुँदैन थाहै थिएन .. फेरि अब यादहरुसँग यसै डुल्नु छ मैले । बनेपा न. पा .- ५ काभ्रे । (✍️ शारदा घिमिरे भैलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १३, २०७६ शुक्रवार - १६:४२:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend